असोज ०६, २०८१, आइतबार
               

हिलाम्मे सडकबाट जाजरकाेटीबासी मुक्त्ति पाउने

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

जाजरकोट । वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे सडकले हैरान भएका पश्चिम जाजरकोटबासीका माग पूरा भएको छ । वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतले यही फागुन ८ गते सो क्षेत्रको अनुगमनका क्रममा महिना दिनभित्र कालोपत्रको काम सुरु गरिने बताएका थिए ।

उनी काठमाडौँ फर्केको २२ दिनभित्र शिवालय गाउँपालिकाको मोर्कखोलाबाट सडकको कालोपत्रका लागि आज बोलपत्र आह्वान गरिएको हो ।

सडक कालोपत्रको काम क्रमागत रूपमा अगाडि बढाउन लागिएको मन्त्रीका स्वकीय सचिव मुस्कान रोकायले जानकारी दिए । एक महिनाभित्रमा कच्ची कटान भएको ठाउँमा कालोपत्रको काम सुरु गर्ने गरी कामको गति बढाइनेमा मन्त्री बस्नेतले स्थानीयवासीलाई आश्वस्त पारेका थिए । 

कालोपत्रका लागि सडक डिभिजन कार्यालय चौरजहारीले आज बोलपत्र प्रकाशन गरेसँगै स्थानीयवासी खुसी भएका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए। 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि