असोज ०६, २०८१, आइतबार
               

होमस्टेमा पर्यटकलाई निषेध

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । 

विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

यहाँ आउनका लागि विभिन्न जिल्लाबाट दर्ता   (बुकिङ) गरेका थिए तर  सो भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको सो व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए ।

कोरोनाको जोखिमलाई ध्यान दिँदै घरवासमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए।  भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी घरवासमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ ।

शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस घरवासमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास रहेको छ । ती समुदायका काउलेपानीमा २५ घरधुरी रहेको छ । उक्त घरधुरीमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा घरवास सञ्चालनमा रहेको छ ।

समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको थियो । यशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ । (तस्बिर उपलब्ध छ)

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि