असोज ०६, २०८१, आइतबार
               

विदेश जानेको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरू नपठाउने निर्णय गरेको थियो ।

नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आतंक भएपछि श्रम स्वीकृति रोकेको हो ।

संक्रमित बढ्दै गएपछि कोरिया र कतारले विदेशी नागरिकहरूलाई प्रवेशमा रोक लगाइसकेका छन् भने कुवेतले सबै उडानहरु रोकेपछि स्वतः अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् ।

विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सर्तकता अपनाउन सरकारले आग्रह गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि