जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः मेघ गर्जनसहित वर्षा तथा हिमपात

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (शुक्रबार बिहान) देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । 

देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानमा र पूर्वी भूभागका केही स्थानमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि