असोज ०६, २०८१, आइतबार
               

तुलसीपुरमा पाँच राष्ट्रिय योजना निर्माण प्रक्रियामा

रासस
फागुन २९, २०७६

ADVERTISEMENT

दाङ । तुलसीपुर उपमहानगरपालिकामा  चालू आर्थिक वर्षमा राष्ट्रिय योजनाको विशेष र समपूरक अनुदानका आयोजनाअन्तर्गत आएका पाँचवटा योजनाको निर्माण  प्रक्रिया अघि बढेको छ ।

यस वर्षमा आएका पाँच योजनामध्ये सबैको टेण्डर प्रक्रिया अघि बढेको उपमहानगरपालिकाले जनाएको छ । ती योजना निर्माण गर्न उपमहानगरपालिकामा सङ्घीय सरकारले रु पाँच करोड करोड ७४ लाख बजेट विनियोजन गरेको थियो ।

तुलसीपुर– १२ मा बहुप्राविधिक शिक्षालयमा समपूरक अनुदानको एक करोड १९ लाख, वडा नं १८ को मावि बिजौरी भवन निर्माण गर्न एक करोड, वडा नं ४ मजुवा खानेपानी योजनाको रु ८० लाख, वडा नं ८ को भीमसेन सहरी स्वास्थ्य पवद्र्धन केन्द्र भवनको रु ७५ लाख, जनता आवास कार्यक्रम जस्तापाता सहयोगका लागि रु दुई करोड बजेट प्राप्त भएको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिए । उनका अनुसार ती योजना निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि