असोज ०६, २०८१, आइतबार
               

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

रासस
फागुन २८, २०७६

ADVERTISEMENT

सिराहा । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ । 

यस्तै होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने छ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी २७ वर्षीय मोहमद मुम्ताजलाई पक्राउ गरेको हो । पक्राउ परेका मुम्ताजको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको प्रहरीले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि