बैशाख २४, २०८१, सोमबार
               

गोकुल बास्कोटाको घरमा बम विस्फोट

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट भएको छ।  

भक्तपुर लोकन्थलीस्थित बास्कोटाको निर्माणधीन घरमा बुधबार बिहान प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ।

बम विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ  ।

प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।

स्थानीयका अनुसार  बिहान पौने आठ बजेको समयमा ठूलो आवाजसहित विष्फोट भएको थियो ।

विस्फोट भएको समयमा बास्कोटा निवासमा थिएनन् । 

उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि