जेठ ०५, २०८१, शनिबार
               

आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

हाल देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

पश्चिमी तथा मध्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा, चट्याङ सहित वर्षाको सम्भावना छ।

आज राति देशभर पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

पश्चिमी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि