जेठ ०५, २०८१, शनिबार
               

जिपबाट खसेर एक जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जिपबाट खसेर आज एक जनाको मृत्य भएको छ ।

मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जिपमा सवार बटाला जिपको अगाडिको बायाँ साइडको ढोकाबाट एक्कासी खस्न गई गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उहाँको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । जिप चालक घोडाघोडी–२ साडेपानीका हिरामान चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि