जेठ ०५, २०८१, शनिबार
               

सरकारकाे प्रस्टाेक्ति -भारतले प्रतिबन्ध लगाएको औषधिबाहेक आयातमा समस्या छैन

नेपाल फ्ल्यास
फागुन २७, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

भारतले प्रतिबन्ध लगाएको औषधिबाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ । 

मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो । 

औषधिजन्य वस्तुबाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको सन्दर्भमा अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको छ । 

रसुवागढी र तातोपानी नाकामा रोकिएका सामान सुरक्षित रुपमा नेपाल ल्याउन व्यवसायीहरूले सुझाव दिएको उल्लेख गर्दै मन्त्री खतिवडाले अनावश्यक रूपमा सामान किनेर भण्डारण नगर्न उपभोक्तालाई सचेत गराउने विषयमा पनि बैठकमा छलफल भएको बताए । 

औषधि व्यवसायीहरुले ५÷६ महिनाका लागि औषधि स्टक रहेको जानकारी दिएको पनि उनले बताए । ६ महिनासम्मका लागि खाद्यान्न र ३ महिना पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको उनले बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मास्कको अभावलाई परिपूर्ति गर्न निजी क्षेत्रले प्रतिदिन १५ हजारका दरले मास्क उत्पादन गर्ने बताए । 

सबै होलसेल पसल र प्रत्येक जिल्लामा पु-याउने लक्ष्यसहित मास्क उत्पादन हुने जानकारी उनले दिए । विमानस्थलमा आउने सबैलाई एक÷एक वटा मास्क निःशुल्क दिने प्रतिबद्धता समेत निजी क्षेत्रले गरेको छ । व्यवसायीहरुले बढीमा ७ रुपैयाँमा उपलब्ध हुनेगरी मास्क उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले बताए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा अर्थ, स्वास्थ्य, उद्योग वणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्रीलगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल परिसंघका पदाधिकारी तथा औषधि उत्पादक संघका पदाधिकारी र अन्य सरोकारवालाहरुको सहभागिता थियो ।
 


कस्तो लाग्यो ?

यो पनि