जेठ ०५, २०८१, शनिबार
               

कोरोना जोखिम कम गर्न थप सतर्कता, विमानस्थलमा औषधि छर्न थालियो

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्ने प्रयास स्वरूप सरकारले औषधि (स्प्रे) छर्न थालेको छ । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्प्रे थालिएको हो । थप सतर्कता अपनाउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले (स्प्रे) छर्न सुरु गरेको हो । ‘पहिलो चरमा स्प्रेको काम विमानस्थलबाट सुरु गरेका छौँ, यात्रुहरू आउने जाने ठाउँलगायतका विभिन्न स्थानमा दैनिक औषधी छर्कनेछौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ।

यस्तै छिमेकी देशसँगका ३७ वटा नाकामा प्रदेश सरकार र पालिकाको सहकार्यमा हेल्थ डेस्क राखेर नेपाल भित्रने यात्रुको जाँच भइरहेको उनले बताए । अहिलेसम्म नेपालमा चार सय ४१ जनाको नमुना परीक्षण गर्दा एक जना बाहेक कसैमा पनि कोरोना नपाइएको मन्त्रालयले जनाएको छ । कोरोना भएका ती व्यक्ति पनि उपचारपछि पुरै निको भएर काममा फर्किएको मन्त्रालयको दाबी छ ।

भिडभाडमा नजाने, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन, घर फर्किएपछि कम्तीमा २० सेकेण्ड साबुन पानीले मिचिमिची हात धुन, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउन चिकित्सकले सुझाव दिएका छन् ।  खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्न तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने सुझाव छ । 

कोरोना भाइरसका बिरामी अहिलेसम्म एक सय १५ देशमा भेटिएका छन् ।  कोरोना भाइरसका कारण अहिलेसम्म विश्वका विभिन्न देशमा चार हजार २७ जनाको ज्यान गएको छ । 
 

यो पनि