जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः मेघ गर्जनसहित वर्षा

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

अहिले (मंगलबार बिहान) देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ सहित क्षणिक वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको संभावाना छ।


कस्तो लाग्यो ?

यो पनि