जेठ ०६, २०८१, आइतबार
               

न्यानो र शीतल घर बनेपछि जेष्ठ नागरिक खुशी

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

पाल्पा । पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने  घर निर्माण भइरहेको छ ।

बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताए चौतारी चर्को घामपानी र  बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले जानकारी दिए । 

तानसेन नगरपालिकाको रु ३७ लाख तथा जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको रु २० लाख आर्थिक सहयोगमा काम भइरहेको छ ।

करीब तीन  करोड रुपैयाँको लागतमा  वृद्धघर बन्ने भएपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशी छाएको छ ।

करीब  दुई सय जना अट्ने क्षमताको घर तानसेन–९ दमकडामा निर्माण भइरहेको छ ।

यस्तो घर नेपालमै पहिलो हुने जिकिर वडा सचिव छविलाल भट्टराईले गरे ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि