असोज ०६, २०८१, आइतबार
               

लायन्स क्लबले बनाइदियो विद्यालय भवन

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

कास्की । लायन्स क्लबको आर्थिक सहयोगमा जिल्लाको मादी गाउँपालिका– १ सिक्लेसमा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पक्की भवन पुनःनिर्माण गरिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) को एक करोड ६९ लाख ६४ हजार ६५० रुपैयाँ लागतमा ६ कोठे सुविधासम्पन्न दुई तलाको पक्की भवन निर्माण गरी आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

लायन्सको आफ्नै स्रोतबाट भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालयको भवन पुनःनिर्माण गर्ने योजनाअनुसार हालसम्म देशका विभिन्न भागमा १८ विद्यालय भवन निर्माण सम्पन्न भएको र आठ हस्तान्तरणसमेत गरिसकिएको लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बी–१ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिए । 

निर्माण सम्पन्न भएका बाँकी भवनसमेत छिट्टै हस्तान्तरण गरिने र  ११ विद्यालय भवन डिष्ट्रिक्ट ३२५ अन्तर्गत रहेको उनले जानकारी दिए ।

विसं २०७२ को विनाशकारी भूकम्पछि विद्यालय भवन जीर्ण हुँदा हावापानी र वर्षातको समयमा विद्यार्थीको पठनपाठनमा अवरोध हुँदै आएको थियो ।

पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका विद्यार्थी पक्की भवन निर्माणसँगै उत्साहित भएका छन् । विद्यालयमा हाल २७९ विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

लायन्सले विद्यालय भवन निर्माण सुरु गरेको डेढ वर्षपछि निर्माणको सबै काम सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेको क्लबका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी विनोद ढुङ्गानाले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि