जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले (सोमबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार देशभर आंशिक बदली रहनेछ। अपरान्ह पछि पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ सहित क्षणिक वर्षाको सम्भावना छ।

बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन (चट्याङ) सहित वर्षाको सम्भावाना छ।


कस्तो लाग्यो ?

यो पनि