जेठ ०७, २०८१, सोमबार
               

नक्कली नागरिकता बनाइदिने पक्राउ

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

नक्कली नेपाली नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका विभिन्न सरकारी कागजातहरू बनाइदिने पूर्वगाविस सचिव पक्राउ परेका छन् । 

पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ७ का बिन्दाप्रसाद साहलाई नक्कली कागजात बनाइदिएकाे अभियोगमा पक्राउ गरिएकाे हाे ।  उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ को फुलबारी टोलबाट पक्राउ गरेको हो । उनले मोटो रकम लिएर विभिन्न सरकारी कागजातहरू बनाइदिने गरेको प्रहरीले  जनाएकाे छ । 

साहलाई नागरिकता बनाउन प्रयोग हुने अनुसूची–१ का फारमहरू, जन्म दर्ता, मुत्यु दर्ता, विवाह दर्ता, बसाइसराइ, जन्म प्रमाणित, एनटीसी, एनसेल का सिम कार्डहरू लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरू सहित पक्राउ गरिएको हो ।  


कस्तो लाग्यो ?

यो पनि