बैशाख २१, २०८१, शुक्रबार
               

नारी दिवसमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना

रासस
फागुन २५, २०७६

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहेएका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले महिलामाथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको  खाँचो रहेको औल्याएका छन् । 

सन्देशमा मुख्यमन्त्री भट्टले विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण सङ्घर्षबाट स्थापित नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

साथै उनले थप अधिकारका लागि अग्रसर रहन आग्रह गर्दै महिला दिदीबहिनीमा शुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि