असोज ०६, २०८१, आइतबार
               

बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु

रासस
फागुन २५, २०७६

ADVERTISEMENT

बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं.’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

सो राजमार्गअन्तर्गत  पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट  झन्डै २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय  हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

घाइतेको जिल्लामा उपचार हुन नसकेपिछ अन्यत्र सिफारिशको तयारी भएको प्रहरीको भनाई छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि