जेठ ०६, २०८१, आइतबार
               

भीमफेदीमा चट्याङ्ले एकको मृत्यु, एक घाइते

रासस
फागुन २४, २०७६

ADVERTISEMENT

मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ । जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ ।

सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ ।

चट्याङ्का कारण यस जिल्लामा एक वर्षमा ५०\६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि