जेठ ०५, २०८१, शनिबार
               

कहिले रोकिन्छ काठमाडौंको वर्षा ?

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

काठमााडैं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

नेपालको मौसमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले गर्दा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार, पश्चिमका तराई भूभागबाहेक देशका अन्य स्थानमा मेघ गर्जनसहित  पानी परिरहेको छ। 

‘आज दिनभर नै मौसम यस्तै रहने देखिन्छ,’ मौसमविद् समीर श्रेष्ठले चने, ‘निरन्तर दिनभर पानी नै  नपरे पनि मौसम भने दिनभर खुल्दैन।’

महाशाखाका अनुसार, काठमाडौंमा शनिबार बिहान साढे ४ बजेदेखि वर्षा भइरहेको छ । त्यस्तै पश्चिमी र पूर्वी क्षेत्रमा शुक्रबार रातिदेखि पानी परिरहेको छ।

काठमाडौं उपत्यकामा केही समय पानी पर्न रोकिने र फेरि पानी पर्ने क्रम चलिरहने मौसमविदको भनाइ छ ।

त्यस्तै आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।

अहिलेको मौसम प्रणालीले हावाहुरी ल्याउने मौसमविद श्रेष्ठले बताए । 

उनका अनुसार आज पनि केही स्थानमा असिना पानी, चट्याङ, हावाहुरीको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि