जेठ ०७, २०८१, सोमबार
               

काठमाडौंमा वर्षा, यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (शनिबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। 

देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पू्र्वी भूभागका केही स्थानमा वर्षा भइरहेको छ।

शनिबार बिहनैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरी र असिना सहित वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

त्यस्तै आज राति देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

देशको पश्चिमी भूभागका केही स्थानमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना छ। 

पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार र सोमबार देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि