अब छिमेकी मुलुकबाट आउने र जाने दुवैले कोरोना भाइरसको संक्रमण नभएको घोषणा फारम भर्नुपर्ने भएको छ ।
सीमा नाका वारपार गर्नेहरुलाई नेपालीहरुलाई कोरोना भाइरस नभएको ‘सेल्फ डिक्लियरेसन’ फारम भर्न लगाउने भएको हो । नेपालमा कोरोना भाइरस फैलिन सक्ने उच्च जोखिममा परेपछि सरकारले आवतजावत गर्ने नागरिकलाई कडाइ गर्ने निर्णय गरेको हो।
शुक्रबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति बैठक यस्तो निर्णय गरेको छ ।
बैठकमा भारतसँग सीमा जोडिएका नाकाहरूमा अहिले तत्कालै कोरोना जाँचको डेस्क स्थापना गरी आवतजावत गर्ने व्यक्तिलाई कडाइ गर्न थापाले निर्देशन दिए ।
सीमा नाकामा अहिले तापक्रम जाँच्ने यन्त्रबाहेकका उपकरण छैन् । स्वास्थ्य मन्त्रालयले हरेक जिल्लामा अस्थायी आइसोलेसनको व्यवस्था गरेको जनाएको छ। सीमामा आवतजावत गर्ने नागरिकले सोही आइसोलेसनको प्रक्रियाबाट कोरोना परीक्षण गर्नसक्ने छन् ।
भारतबाट नेपाल आउने नागरिकले उतै परीक्षण गराएको रिपोर्ट लिएर फारम भर्नसक्नेछन्। सीमा आवतजावत कडाइ गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन छ।