असोज ०६, २०८१, आइतबार
               

अज्ञात रोगले विद्यार्थी बिरामी

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् ।

यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले बताएका छन् । 

उनले विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा ¥याल जस्तो पानी बग्ने गरेको छ । विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नहुँदा अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको सो विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले जाकारी दिए । 

उनले भने, ‘विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले विद्यार्थी कसरी र के कारणले बिरामी परेका हुन् सो विषयमा बुझ्न तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाइएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि