असोज ०६, २०८१, आइतबार
               

ज्येष्ठ नागरिकलाई मोबाइल

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई शुक्रबार मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण
गरेको छ । 

लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई पनि मोबाइल दिएको छ । 

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई उक्त
सामग्री प्रदान गरे ।

वडा कार्यालयले चालू आर्थिक वर्षमा सो कार्यक्रमलाई  चार लाख ८५ हजार बजेट विनियोजन गरेको थियो । सोही बजेटले मोबाइल खरिद गरेर ३ सय ७६ जनालाई वितरण गरिएको हो भने २९ जनालाई अझै अपुग रहेको बताइएको छ । 

गाउँपालिकाका अध्यक्ष चौधरीले चालू आवको नीतिगत निर्णयानुसार वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए  । उनले लक्षित वर्गको सामाजिक सुरक्षाभत्ता उनीहरुको बैंक खातामा जम्मा भइसकेको खबर अब मोबाइलमै आउने जानकारी दिए । 

प्रविधिको जमानामा वडा कार्यालयले एउटा उदाहरणीय कार्य गरेको नेपाल टेलिकम धनगढीका प्रमुख मल्लले बताए । वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीले ज्येष्ठ नागरिकलाई आफ्नो समस्या, गुनासो स्थानीय सरकारसमक्ष राख्न सहज होस् भनेर मोबाइल र सिमकार्ड वितरण गरिएको बताए ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि