जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (शुक्रबार बिहान) देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना छ। 

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै आज राति देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि