असोज ०६, २०८१, आइतबार
               

१० वर्ष लगाएर बनाइएकाे पाैडी पाेखरीकाे उदघाटन

रासस
फागुन २२, २०७६
ADVERTISEMENT

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले नेपालगन्ज रंगशालामा १० वर्ष लगाएर बनाइएको पौडी पोखरीको उद्घाटन गरेका छन् । विभिन्न चरणमा गरी १९ करोड रुपैयाँ लागतमा पोखरी निर्माण गरिएको थियो । 

कार्यक्रममा राखेपका सदस्यसचिव सिलवालले पोखरी नुहाउनका लागि मात्र नभई खेलाडी उत्पादनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए । 

नेपालगञ्ज उपनगरपालिकाका प्रमुख धवलशम्शेर राणाले पौडी पोखरीको संरक्षणका लागि आवश्यक सहयोग गर्न तयार गरेको बताए ।  त्यस अवसरमा सदस्य–सचिव सिलवालले नेपालगन्ज रंगशालामा क्षेत्रमा निर्माण गरिएका सुटिङ रेन्ज, कभर्डहललगायत संरचना निरीक्षण गरेका थिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि