असोज ०६, २०८१, आइतबार
               

घुस लिएको आरोपमा मुद्दा

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै अध्यक्ष केसी र उनीसँगै रहेका जनता अधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर आलेले आठ लाख घुस लिएको अभियोग लागेको छ । 

आयोगले अध्यक्ष केसी र सोही गाँउपालिका–५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध अर्को मुद्दा पनि दायर गरेको छ । एकापसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यवापतको रकमको बार्गेनिङ गरेको, विभिन्न होटलमा खाए/बसेको पैसा तिर्न लगाएको आयोगको अध्यनयबाट खुलेको छ । आयोगले उनीहरूविरुद्ध  २५ लाख ५० हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

यस्तै आयोगले जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय सहयोगी हरिबहादुर हमाल तथा लेखनदास नारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचारको अभियोगमा कारवाहीमा परेका उनीहरूलाई जिल्ला जनस्वास्थ्य प्रमुख डा. नरेशप्रताप केसीले भुक्तानी दिएको पाइएपछि आयोगले आज पुनः मुद्दा दायर गरेको हो ।
 
आयोगले कार्यालय सहयोगी हमालविरुद्ध रु ३४ लाख ३३ हजार ६८६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै गलत सिफारिश गर्ने तत्कालीन वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लविरुद्ध रु १४ लाख ७० हजार ३७९ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि