जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंको सरुवारोग हस्पिटलबाट फरार कोरोना भाइरस संक्रमित पक्रन विराटनगरमा प्रहरी परिचालन

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT


काठमाडौंको शुक्रराज शास्त्री सरुवारोग हस्पिटलबाट कोरोना भाइरस संक्रमित व्यक्ति पक्रन विराटनगरमा प्रहरी टोली परिचालन गरिएको छ । 

प्रहरीले उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेकाले उनलाई नियन्त्रणमा लिन मोरङमा प्रहरी परिचालन गरिएको जनाइएको छ । 

सुनसरीको इटहरी घर भएका उनी गत राति साढे १० बजेतिर अस्पतालबाट भागेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
कोरियाबाट आएका उनलाई उनका परिवारले शुक्रराज ट्रपिकल सरुवारोग लगेका थिए ।

शुक्रराज शास्त्री हस्पिटलबाट कोरोना भाइरस संक्रमित फरार भएको यो दोस्रो घटना हो । यसअघि साउदी अरबका एक नागरिक पनि फरार भएका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि