असोज ०६, २०८१, आइतबार
               

८० भन्दा बढी देशमा फैलियो कोरोना भाइरस, सतर्क यसरी रहने

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ३ हजार २ सय ८६ को मृत्यु भइसकेको छ ।  चीनसहित इरान, इटली, अमेरिकालगायत विश्वका झन्डै ८० देशमा कोरोना फैलिसकेको छ । चीनमा सर्वाधिक ९५ हजार ४ सय ८८ जनामा संक्रमण देखिएको थियो । जसमध्ये अहिलेसम्म ५७ हजार ९ सय ७५ जना कोरोनामुक्त भइसकेका छन् । 

पछिल्लो समयमा भारत, इन्डोनेसिया र थाइल्याण्डमा समेत कोराना भाइरसको संक्रमण बढ्दै गएको छ । नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, पाकिस्तान, पूर्वी टिमोरलगायत दक्षिण एसिया र दक्षिणपूर्वी एशियामा संक्रमण फैलनसक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । 

 

जोगिन के गर्ने ? 

  • हातमार्फत एक–अर्कामा संक्रमण सर्न सक्ने भएकाले हात नमिलाउनुस् ।  
  • हातलाई राम्रोसँग साबुनपानीले सफा गर्नुस् ।
  • व्यक्तिगत सरसफाइमा धेरै ध्यान दिनुस् । 
  • मासु राम्रोसँग पकाएर मात्र खानुस् । 
  • रुघाखोकी लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । त्यस्ता लक्षण देखिनेबित्तिकै तुरुन्त अस्पताल जानुस् । 
  • धेरै भिडभाड भएको ठाउँमा नजानुस् । 
  • खोक्दा र हाछ्युँ गर्दा थुकका छिटा बाहिर जान सक्छन् । त्यसैले सर्जिकल मास्क प्रयोग गर्नुस् । प्रयोग गरेको मास्क जताततै नफाल्नुस् ।
  • अहिले कोरोना संकमणले गर्दा मानिस त्रसित छन् । यस्तोमा सकारात्मक सोच्नुपर्छ र आफ्नो आत्मबल उँचो राख्नुपर्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस कोरोनाबाट संक्रमित हुने सम्भावना धेरै भएकाले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुस् । सन्तुलित भोजन गर्नुस् । 
  • खानेपानी तताएर खानुस् । तातो खानेकुरा धेरै खानुस् । 
  • मौसम परिवर्तनको समय भएकाले रुघाखोकी लाग्ने गर्छ । त्यसैले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भयो भनेर मानसिक तनाव नलिनुस् । बरु, चिकित्सकसँग परामर्श गर्नुस् ।

कहाँ कहाँ फैलियो ?

                         संक्रमण    मृत्यु 

  • चीन            80409    3012
  • द‍. कोरिया   5766    35
  • इटली          3089    107
  • ईरान           2922    92
  • जापान        1036    8
  • अमेरिका    159    11
  • फ्रांस         285    4
  • स्पेन          222    2
  • हंगकङ     105    2
  • इराक        35    2
  • अस्ट्रेलिया 48    1
  • थाईलैंड    43    1
  • ताइवान    42    1
  • सैन मैरिनो   16    1
  • फिलीपींस   3    1
  • ब्रिटेन         51    0
  • भारत        29    0
  • अल्जीरिया   12    0
  • पाकिस्तान   5    0
  • ब्राजील       4    0
  • रूस            3    0
  • इजिप्ट         2    0

कस्तो लाग्यो ?

यो पनि