जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः चट्याङ, हावाहुरी र असिनासहित वर्षा

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (बिहीबार बिहान) देशको पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पश्चिमी  भूभागमा सामान्य बदली रहि मध्य र पूर्वि भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। 

पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनेछ । 

साथै मध्य र पूर्वी पहाडी  भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

पश्चिमी र मध्यका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनेछ । 

त्यस्तै पूर्वी पहाडका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ,हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि