जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रियसभामा एउटा सिट बाँकी छ, प्रधानमन्त्रीले पार्टीको सुझाव कार्यान्वयन गर्नुहुन्छ : नेम्वाङ

नेपाल फ्ल्यास
फागुन २१, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

पार्टीले दिएको सुझावअनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । 

सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने बताए । 

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भएअनुसार पार्टीको सुझावलाई समेत मानेर बढ्ने विश्वास आफूले गरेको बताए । 

‘मैले एउटै कुरा भन्ने गरेको छु व्यक्तिभन्दा पार्टी ठूलो हो, पार्टीभन्दा देश र जनता ठूलो हो । फेरि हामीले यसो भनिरहँदा आफ्नो काम गरिरहँदा सबै कुरा संविधानबमोजिम हुन्छ भन्ने हामीले विश्वास गर्छौं,’ नेम्वाङले भने । 

संविधानले राष्ट्रियसभामा मनोनयनको यो पक्षलाई भने सरकारको सिफारिसमा छोडेको उनले बताए । उनले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभए पनि ६ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्थाअनुसार भइसकेको बताए । 

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्त गर्ने विचार व्यक्त गरेको भए पनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजान अनुरोध गरेकाले प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएकाे बताए । 

प्रधानमन्त्री ओली अहिले हस्पिटलमा भएकाले पूर्णरुपमा स्वस्थ भएपछि छलफल गरेर सरकार निष्कर्षमा पुग्ने विश्वास उनले व्यक्त गरे । 

यो पनि