जेठ ०७, २०८१, सोमबार
               

सर्लाहीमा आधा किलो गाँजासहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

सर्लाहीको सदरमुकाम मंलगवा नगरपालिका ५ भाडसरबाट भारतको सीतमढी जाँदै गरेका दुई जनालाई प्रहरीले लागुऔषधसहित प्रक्राउ गरेको छ । 

प्रहरीले २० वर्षीय महेश सहनी र १९ वर्षीय सुरेश सहनीलाई पाँच सय ग्राम गाँजासहित प्रक्राउ गरेको हो । 

प्रहरी चौकी भाडसरबाट खटिएको टोलीले बुधबार बिहान नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० बि ३००६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनहरुलाई पक्राउ गरेको हो । 
उनीहरुबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि