जेठ ०६, २०८१, आइतबार
               

मापसे जाँच नहुने कुरा हल्ला मात्र : ट्राफिक प्रहरी

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

कोरोना संक्रमण बढ्न थालेपछि  ट्राफिक प्रहरीले मादक पदार्थ सेवन परीक्षण बन्द गरेकाे भन्ने समाचार गलत रहेकाे ट्राफिक प्रहरीले स्पष्ट पारेको छ । 

सवारी चालकमा गर्दै आएको जाँडरक्सी खाएरनखाएको परीक्षण स्थगित गर्ने भन्ने समाचार गलत भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी भीम ढकालले ब्रेथलाइजरबाट जाँडरक्सी खाए नखाएको परीक्षण नियमित हुने जानकारी दिए । 

‘ब्रेथलाइजरबाट कुनै पनि रोगको सङ्क्रमण नहुने स्वास्थ्य विज्ञको सुझावअनुसार हामी ढुक्कले जाँडरक्सी खाए नखाएको परीक्षणलाई निरन्तरता दिन्छौं,’ एसएसपी ढकालले भने ।

ब्रेथलाइजरबिना श्वास जाँच्ने काम भने ट्राफिक प्रहरीले बन्द गरिसकेको भन्दै एसएसपी ढकालले ट्राफिक प्रहरीसँग जाँडरक्सी खाए नखाएको परीक्षणका लागि पर्याप्त ब्रेथलाइजर पनि रहेको जानकारी दिए । 

ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र हरेक दिन बेलुका ७ देखि ८ बजेसम्म २६ ठाउँमा नियमित जाँडरक्सी खाए नखाएको परीक्षण हुनेगर्छ । राति १२ बजेदेखि बिहानसम्म भने १० ठाँउमा जाँडरक्सी खाए नखाएको परीक्षण हुन्छ । 

यो पनि