असोज ०६, २०८१, आइतबार
               

सन्धिखर्क– गाेरुसिङ्गे सडक दैनिक नौ घण्टा बन्द

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

अर्घाखाँचीलाई केन्द्र बनाएर पूर्व–पश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ । 

सडक  स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । 

अत्यधिक घुम्ती र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रूपमा परिचित छ । दोहोरो यातायात आवत–जावत गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको यो सडकखण्डको मध्यभागदेखि १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले आग्रह गरेको छ । 

वैकल्पिक मार्गका रूपमा सन्धिखर्क–सालझण्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनि बैठकले निर्णय गरेकोे छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि