जेठ ०८, २०८१, मंगलबार
               

देउवाले भने, 'नमस्कार गरौं'

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

कैलाली । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै लाई सचेत हुन आग्रह गरे । 

सभापति देउवाले भने, “यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ ।”

सञ्चारकर्मीबाट एमसीसी विषयमा सोधिएको प्र्रश्नको जवाफमा उनले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएकाले नेपालको हित हुने एमसीसीजस्ता विषय पारित हुनुपर्ने धारणा व्यक्त गरे । 

उनले भने, “यसमा विरोध गरिनु हुँदैन ।” सभापति देउवाले बजेटका नाममा देशमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।


कस्तो लाग्यो ?

यो पनि