जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः मेघ गर्जनसहित वर्षा हुने

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (बुधबार बिहान) देशको पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ। 

अपरान्हपछि पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ। पहाडी भू भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

बिहिबार र शुक्रबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि