असोज ०६, २०८१, आइतबार
               

वार्षिक परीक्षा चैत ५ भित्र सम्पन्न गर्न निर्देशन

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको छ ।

काेराेना भाइरसकाे स‌ंक्रमण बढिरहेकाे बेला सतर्कता अपनाउनुपर्ने भएकाले चैत ५ गते भित्र परीक्षा सम्पन्न गराउन निर्देशन दिइएकाे मन्त्रालयले जनाएकाे छ । 

मंगलबार मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय बमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुलाई अनुरोध गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि