जेठ ०५, २०८१, शनिबार
               

हात्तीकाे आक्रमणबाट महिलाको मृत्यु

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित भवानीपुरकी ५५ वर्षीया मजादेवी सरदारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

भवानीपुरस्थित  गिसा खोला जंगलमा गाई र बाख्रा चराउन गएकी  उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

बिहान बाख्रा चराउन गएकी उनी साँझसम्म पनि घरमा नआएपछि सरदारका आफन्तहरूले उनको खोजी गरेका थिए । आफन्तले  सोमबार १० बजे मात्र जंगलमा उनको शव फेला पारेका थिए । शव फेला पर्नासाथ उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

उनको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हुन सक्ने प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए । साथै,  इलाका प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान कार्य भइरहेको जनाए । 


कस्तो लाग्यो ?

यो पनि