जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (मंगलबार बिहान) देशैभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभाग सामान्यतय सफा रहने छ । 

मध्य तथा पूर्वी पहाडी भूूभागका केही स्थानमा र  पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ।  तराई भूभाग सामान्यतय सफा रहने छ । 

मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनर चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। 

पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। 

पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि