जेठ ०२, २०८१, बुधबार
               

लागुऔषध बिक्रीवितरण र डलर ठगीको आरोपमा पक्राउ

रासस
फागुन १९, २०७६

ADVERTISEMENT

लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बनेपाले आज पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पनौती नगरपालिका ६ बस्ने बलराम फुयाँलको घरमा कोठा लिइ बस्ने ३२ वर्षीया सुभद्रा तिमिल्सिनाले बिक्रीवितरणका लागि लुकाइछिपाइ राखेको अवस्थामा ‘निट्राभेट–१०’ लेखिएको लागुऔषध साढे नौ थानको २ सय ७९ ट्याबलेट बरामद गरिएको हो । 

तिमिल्सिनाले दराजभित्र कपडामा लुकाएको सो लागुऔषध फेला पारेकाले औषधिसहित तिमिल्सिनालाई पक्राउ गरेको हो।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि