असोज ०६, २०८१, आइतबार
               

कर्णालीमा एसइई दिने परीक्षार्थी ३६ हजार

रासस
फागुन १९, २०७६

ADVERTISEMENT

आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा एसइई मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्रछात्रा गरी जम्मा ३६ हजार २ सय ९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले राससलाई
जानकारी दिए ।

साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८ सय ९६ र प्राविधिक धारतर्फ ५ सय ६८ परीक्षार्थी छन्’, उनले भने ‘ग्रेड वृद्धि साधारण धारतर्फ दुई हजार ८ सय १३ र प्राविधिक धारतर्फ २२ परीक्षा सम्मिलत हुँदै छन् ।”

उनले भने, ‘कर्णालीभरिमा एक सय ७६ परीक्षा केन्द्र रहेका छन् । त्यसमा १ सय ७६ केन्द्राध्यक्ष, २ सय ४२ सहायक केन्द्राध्यक्ष, एक हजार ८ सय ११ निरीक्षक, ३ सय ६२ परीक्षा सहायक, ७ सय २३  कार्यालय सहयोगी र दुई हजार ६ सय ५५ सुरक्षाकर्मी गरी जम्मा पाँच हजार ९ सय ६९ जनशक्ति प्रत्यक्षर रूपमा
परिचालन गरिनेछन् ।”

    यो परीक्षामा ५ लाख ६५ हजार १ सय ३६ मूलसहित ३ लाख ९५ हजार ५ सय ९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पु¥याइसकेको उनले बताए । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखाप्रमुख
शर्माले जनाए । 

    उहाँका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ । 

    स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानुनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि