जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम: कतै वर्षा, कतै सफा

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले (सोमबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। 

पूर्व र मध्यका केही स्थानमा र पश्चिमी पहाडका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुनसक्ने सम्भावना छ।

त्यस्तै आज राति देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ।  

पूर्व पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि