कात्तिक ३०, २०८१, शुक्रबार
               

महोत्तरीको १ सय ४८ बिघा जग्गामध्ये सरकारले १५ कट्ठा फिर्ता गर्यो

रासस
फागुन १८, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कोही पनि सुकुमबासी र भूमिहीन अन्यायमा नपर्ने बताएकी छन् । 

महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले सरकारले कुनै पनि सुकुमबासीलाई विस्थापित नगरी सबैको व्यवस्थापन गरिने बताइन ।  

‘हामी भूमिहीन, सुकुमबासीको समस्या समाधान गर्न बढेका छौँ’, मन्त्री अर्यालले भनिन्, ‘यसको व्यवस्थापन सरकार आफैंले गर्छ, त्यसैले कोही सुकुमबासी अन्यायमा पर्नुहुँदैन, उनीहरुलाई विस्थापित गर्दैनौँ, अरू व्यवस्थापन गर्छौ ।’

गौशालाका नाममा रहेको १ सय ४८ बिघा सरकारी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३०  घरटहरा भत्काइएको हो । उक्त कार्यक्रममा मन्त्री स्वयं उपस्थित भएर सरकारको जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत घरटहरा भत्काउने कार्यक्रमलाई सम्बोधन गरेकी हुन् । 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि