असोज ०६, २०८१, आइतबार
               

कोरोना नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइँदै

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिमा रहेको जनाएसँगै नेपालले कोरोना नियन्त्रणसम्बन्धी विशेष रणनीति अपनाएको छ । हिजो कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माणगरिएको छ । र, आइतबारबाट आगमन र प्रस्थान दुबै कक्षमा यात्रुको चेकजाँच गरिने र सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले चेक गर्ने व्यवस्था मिलाइएको छ । 

यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलको आगमन कक्षमा हेल्थ डेस्क राखेका छन् ।

 अहिलेसम्म ६० भन्दा बढी देशमा कोरोना भाइरस फैलिसकेको छ । चीनमै  दुई हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि