जेठ ०६, २०८१, आइतबार
               

स्वयम्भू दुर्घटनाका फरार बस चालक र मालिक पक्राउ

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । गत आइतबार स्वयम्भू नजिकै ठूलो भर्याङमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका माइक्रोबस चालक  सीतापाइलाबाट पक्राउ परेका छन् । ११ फागुन बिहान ४ बजेर ५२ मिनेटको समयमा बा ४ ख २३०३ नम्बरको माइक्रो बसले पैदलयात्री ४० वर्षीया छिरिङ बिक्की लामा, २८ बर्षिय तेन्जिङ लामा र अर्का परिचय नखुलेको एकजनालाई ठक्कर दिएको थियो ।  

काठमाडौं–काँकडभिट्टा रुटमा चल्ने उक्त माइक्रो बसका चालक दोलखा मैलुङका रामकिशोर खड्का सवारीधनी हेटौंडाका पुष्प लामिछानेलाई महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार गोरखा लो गाउँपालिका घर भएकी छिरिङ बिक्की लामा र तेन्जिङ वीरअस्पतालमा उचारत मिर्गौलापीडित भाइलाई थप उपचारका लागि काठमाडौं आएका थिए ।
बिरामी भेट्न वीर अस्पताल जाँदै गर्दा गत आइतबार बिहान उनीहरू दुर्घटनामा परेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि