जेठ ०४, २०८१, शुक्रबार
               

गोकुल बास्कोटालाई कारबाही गर्न माग

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने मागसहति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र जनतालाई करको भार थोपरेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । 

नेविसंघले ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न, इन्धन तथा पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा कमिसनबारे कुरा गरेको अडियो टेप सार्वजनिक भएपछि बास्कोटाले गत फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

उनले उक्त अडियो टेप बनावटी भएको दाबी गर्दै मिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि