जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले (आइतबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

अपरान्ह पश्चात पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ।

त्यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि