जेठ ०५, २०८१, शनिबार
               

हात्तीकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट आज सप्तरीमा एक महिलाको मृत्यु भएको छ । हात्तीकाे आक्रमणबाट घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 जङ्गली हात्तीको आक्रमणमा परी मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट  निस्केका हात्तीले  जिल्लाको कञ्चनपुर क्षेत्रमा दैनिक आतङ्क मच्चाएको स्थानीयवासीको भनाइ छ  ।


कस्तो लाग्यो ?

यो पनि