असोज ०६, २०८१, आइतबार
               

शैक्षिक हड्ताल नगर्न अपिल

रासस
फागुन १७, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एशोसिएशनको मानवअधिकार तथा जनसरोकार समितिले राजनैतिक मुद्दाका विषयलाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न अपिल गरेको छ । 

समितिका संयोजक सुनीलकुमार पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र ठानी आगामी दिनमा शैक्षिक क्षेत्रमा कुनै पनि किसिमको बन्द हड्ताल नगर्न अपिल गरिएको छ ।

नेपालको संविधानले बालबालिकाले शिक्षा प्राप्त गर्ने कार्यलाई मौलिक हकको रुपमा व्यवस्था गर्दै नेपाल पक्ष रहेको अन्तरराष्ट्रिय महासन्धिहरुले पनि शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा स्वीकार गरेको हुँदा संवैधानिक व्यवस्थालाई सम्मान गर्न माग गरिएको छ । राजनैतिक दल र तिनका भात्रृ सङ्घ÷सङ्गठनले आफ्ना राजनैतिक मुद्दालाई अगाडि सारेर शैक्षिक संस्थामा पठनपाठन अवरुद्ध लगायतका कार्य नगर्न समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि