जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम: मेघ गर्जनसहित वर्षा

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन।

हाल देशको पूर्वी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

बाँकी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका केही स्थानमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि